एकताको कुरा भ्रमपूर्ण : माओवादी

२०७१ चैत्र १ गते, आईतवार

काठमाडौँ । तिनवटै माओवादी एक हुदैछन एकताको लागि भेला हुदैछ भन्ने समाचार भ्रमपूर्ण भएको नेकपा माओवादीले बताएको छ । माओवादीले एकताको लागि हुँने भनिएको भेलामा आफ्नो पार्टीको सहभागिता नहुँने बताएको छ । सञ्चारमाध्यममा आफ्नो पनि नाम जोडिएकोमा माओवादीले आपत्ति जनाउँदै त्यस्तो कुनै छलफलमा सहभागी नभएको बताएको छ । माओवादीले लिएको कार्यदिशा ठिक भएकाले नयाँ कार्यदिशाबारे कुनै छलफल हुन नसक्ने नेकपा माओवादीको भनाई छ । ‘हामीले लिएको एकीकृत क्रान्तिको कार्यदिशा नै अहिलेको सही कार्यदिशा भएकाले सञ्चारमाध्यममा भनिएजस्तो कुनै नयाँ कार्यदिशाबारे छलफल गर्न आवस्यक छैन’ माओवादी उच्च स्रोतले बतायो ।
एमाओवादी र नेकपा–माओवादीभित्र रहेका केही क्रान्तिकारी युवा नेताहरु आफ्नो पार्टीले लिएको कार्यदिशामा सहमत भएको उसले बताएको छ । ‘प्रभाकर, पासाङ, वलदेव, सोनाम लगायतका कमरेडहरुसँग एकीकृत क्रान्तिको कार्यदिशालाई अगाडि बढाउने विषयमा पटक–पटक छलफल भएको छ’, स्रोतले अगाडि भन्यो, ‘उहाँहरु पनि हाम्रो पार्टीले लिएको कार्यदिशाले मात्र क्रान्ति गर्न सकिन्छ भन्नेमा पुगेकाले अर्को कार्यदिशाबारे छलफलको कुनै अर्थ छैन ।’ आफूहरुसँगको छलफलमा उनीहरुले एमाओवादी र नेकपा–माओवादी नेतृत्वले क्रान्ति गर्न नसक्ने निष्कर्ष निकाल्दै नेकपा माओवादीसँग एकता गर्न तयार रहेको बताउने गरेको भनाई नेकपा माओवादीको छ ।

प्रतिक्रियाहरु

[anycomment]