राष्ट्र बैंकमा गभर्नर नियुक्त हुदै

२०७१ चैत्र ५ गते, बिहीबार

काठमाडौ, ५ चैत । अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।सिफारिस गरिएकामा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरन्जीवी नेपाल, डेपुटी गभर्नरद्वय गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारी रहेका छन् । समितिले तीन जनाको नाम सिफारिस गरे पनि आज बस्ने मन्त्रिपरिषद्को बैठकले एक जनको नाममा सहमति गर्नेछ ।कांग्रेसभित्रको आन्तरिक विवादका कारण लामो समयदेखि गभर्नरमा सिफारिस हुने सकेको थिएन । अर्थमन्त्री रामशरण महतले मन्त्रिपरिषद्को बैठक बस्नु केहीअघि एक जनाको नाम टुङ्गाएर पठाउने जानकारी दिए । उनले भने, ‘सकभर यी तीन नाममा सहमति खोजिने छ, नभए अन्य नयाँ कोही पनि आउन सक्छ ।’
अहिलेका गभर्नर डा. युवराज खतिवडाको कार्यकाल आजबाट सकिँदैछ । ०६६ चैत ६ गते गभर्नर नियुक्त भएका खतिवडाले चैत ९ गतेबाट पदभार संहालेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]