कुण्ठाको राजनीति छोड :राष्ट्रपति

२०७१ चैत्र ५ गते, बिहीबार

काठमाडौ, ५ चैत । राष्ट्रपति रामवरण यादवले नेताहरूमा व्याप्त व्यक्तिगत कुण्ठाका कारण मुलुकले संविधान नपाएको बताएका छन् । चितवनमा सुरु भएको नेपाल बार एसोसिएसनको १३ औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति यादबले यस्तो धारणा राखेका हुन् । कांग्रेस र एमालेलाई संकेत गर्दै राष्ट्रपति यादबले भने, ‘म हात जोडेर यी दुई दलका नेताहरूलाई भन्न चाहन्छु, संविधान र सरकारबाहिर रहेका दलहरूलाई मनाउनुस् र संविधानमा सहमति गर्नुहोस ।’
कार्यक्रममा सभामुख सुवासचन्द्र नेम्वाङले दलहरूमा संविधान निर्माण गर्ने इच्छा नै नभएको बताए । दलहरूले चैत ११ भित्रमा सहमति गर्ने जनाए पनि आफूलाई विश्वास नलागेको धारणा व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा कामु प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा मात्रै नभएर कानूनी क्षेत्रमा पनि संक्रमणकाल रहेको उल्लेख गरे । श्रेष्ठले भने, ‘ अदालतमा मुद्धाको चाङ लागेको छ, कानून क्षेत्रमा थप लगानी नगरे जनतालाई छिटो छरितो न्याय दिन गाह्रो हुन्छ ।’

प्रतिक्रियाहरु

[anycomment]