प्रचण्ड चीन जाँदै

२०७१ चैत्र ७ गते, शनिबार

काठमाडौं, ७ चैत। एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीन जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पत्नी सीता र महासचिव कृष्णबहादुर महराका साथ उनी चीन जान लागेका हुन् । यो उनको तेश्रो औपचारिक चीन भ्रमण हो । उनले झण्डै एक साता चीनमा बिताउनेछन् ।
प्रचण्डले नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्ष पुरा भएको अवसरमा चीन ६० वर्ष पुगेको अवसरमा कुन्मिङमा हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्नेछन् । यस्तै प्रचण्डले चीन बसाइका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]