अति राजनीतिकरण भयो : मुख्यसचिव

२०७१ चैत्र ७ गते, शनिबार

काठमाडौ, ७ चैत । उद्योग संगठन मोरङको ४३ औं वार्षिक साधारणसभालाई बिराटनगरमा सम्वोधन गर्दै मुख्य सचिव लीलामणि पौडेलले राजनीतिकरणले मुलुक आक्रान्त बनेको बताएका छन् । निजी तथा सरकारी दुबै क्षेत्र अति राजनीतिकरणबाट गाँजिएको बताउँदै मुख्य सचिव पौडेलले भने- ‘आफ्नो पेशामा दक्ष नभएका मानिसहरु राजनीतिको आडमा व्यक्तिग लाभ लिन सक्रिय भएका छन् । यस्ता व्यक्तिका कारण मुलकको विकासको गति ठप्प हुन पुगेको छ ।’ ।
राजनीतिकरण भयो भनेर दण्ड जरिवाना गरौं भन्दा पनि सक्ने अवस्था नभएको उनले सुनाए । उनले भने- ‘मुलुकभर अति राजनीतिकरण भएका ४० हजार बढी संस्था छन्, सम्भवतः संस्था खारेज गरौं भन्यो भने संस्था खारेज गर्न लेख्ने मानिस पनि राजनीति गर्छ । अनि कसले गर्ने खारेज ?’
वहुसंख्यक निकायमा भएको राजनीतिकरणलाई रोक्न अहिलेको अवस्थामा दण्डलेसमेत काम गर्न नसकेको मुख्यमन्त्री पौडेलले बताए ।
मुलुकलाई विकासको गतिमा अगाडि बढाउन व्यक्तिगत भन्दा सामुहिक हितलाई ध्यान दिन जरुरी रहेको उनको धारणा थियो ।मुख्यसचिव पौडेलले दाताले पैसा देला र विकास गराउँला भन्ने दास भावना अन्त्य गरी मेरो मुलुक र राष्ट्र विकास आफैं गर्छु भन्ने सोचाइ आवश्यक रहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]