राष्ट्रपति शीर्ष नेताहरुसँग छलफल गर्दै

२०७१ चैत्र ८ गते, आईतवार

काठमाडौ, ८ चैत । राष्ट्रपति डा रामबरण यादवले आज दिउँसो ४ बजेपछि दलहरुसँग छलफल गर्ने भएका छन । दलहरुबीच बढेको दुरी र आफ्नो चीन भ्रमणका विषयमा परामर्श गर्न राष्ट्रपति यादवले दलहरुलाई शितल निवासमा बोलाएका हुन् । छलफलका क्रममा उहाँले आफ्नो चीन भ्रमण र त्यसमा उठाउने एजेण्डाका विषयमा छलफल हुने बताइएको छ । चीनको आइनाना प्रान्तमा हुने बोआओ एसिया सम्मेलनमा भाग लिन राष्ट्रपति यादव आउने बिहीबार चीन जाने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिले चीन भ्रमणका साथै संविधान निर्माणका मुद्दामा चासो राखेर दलहरुसँग छलफल गर्ने उहाँको नीजि सचिवालयले जनाएको छ । छलफलमा प्रमुख तीन दलका तर्फबाट भने अध्यक्षसहित तीन÷तीन जनालाई आमन्त्रण गरिएको छ ।
नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललाई बोलाइएको छ । यस्तै, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]