इलाममा मेचि-महाकाली अभियान तिब्र
काठमाडौँ ।इळाम जिल्लाको पुर्बी क्षेत्रमा ने.क.पा- माओबादीले मेचि- महाकाली जागरण अभियानलाइ तिब्र पारेको छ।माइखोला पुर्ब र माइखोला पश्चिम गरी समग्र जिल्ला लाइ २ भागमा बिभाजन गरी जिल्ला पार्टीले अभियान संचालन गरिरहेको छ।यसैक्रममा २०७१/१२/७ गते अभियान ‘बि’ अन्तर्गत पुर्ब जिल्ला इन्चार्ज तथा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय अध्यक्ष कान्छा लाओतिको प्रमुख आतिथ्यमा बैठक बसी संगठन सुदृढिकरण सम्बऩ्धि बिभिन्न निर्णयहरु सार्बजानिक गरेको छ।कार्यक्रमा प्रमुख अतिथि कान्छा लाओतिळे आन्दोलनले’सेटब्यालाओतिळे आन्दोलनले’सेटब्याक’खाएको र अब नया शिराबाट सिंगो माओबादी आन्दोलनको पुनर्गठन गर्नुपर्ने बताउनुभयो। साथै स्थानिय स्तरमा संगठन निर्माण कार्यमा सकृयताका साथ लाग्न निर्देसनसमेत दिए ।सोहि कार्यक्रममा जिल्ला सेक्रेटरी सिन्धु राइ ले जिल्लाको पुर्बि क्षेत्र केहि कमजोर भएकोले सकृय ढंगले लागिपर्ऩ निर्देषन दिए । सोहि बैठकले यहि चैत्र १४ गते ईलाम जिल्ला अन्तर्गत सुर्योदय नगरपालीकामा पार्टीको नगर कमिटि गठन गर्ने र सोही दिन पशुपतिनगर गा.बि.स.मा पनि गा बि स कमिटी गठन गर्ने ऩिर्णय गरेको छ। त्यसैगरी गोदक गा.बि.स.मा चैत्र १२ गते र चिसापानी गा.बि.स.मा चैत्र २१ गते संगठन बिस्तार गर्ने निर्णय समेत गरेको छ। कार्यक्रम सुर्योदय नगरपालीका कार्यलयको सभाहलमा भएको थियो।