माओबादीको संघर्षका कार्यक्रमहरु
काठमाडौ, ८ चैत । नेकपा माओबादीको देशभर बिभिन्न संघर्षका कार्यक्रमहरु तय भएका छन । पहिलो चरणमा राष्ट्रघाति तथा दलालहरुमा केन्द्रीत गरिएको भनिएको आन्दोलन स्वरुप देशभर भएका बिभिन्न जलबिद्युत योजना, केही छोटो समयमा अस्वभाबिक धन आर्जन गरेको ब्याक्तीहरुमा लक्षीत भएको माओबादीले जनाएको छ । आन्दोलन स्वरुप कास्की जिल्लामा पनि माओबादी कार्यकर्ताहरुले उपत्यका नगरबिकास समितका अध्यक्ष तथा नेपाली काग्रेस कास्कीका उप– सभापति बिष्णु बास्तोलाको नाम सार्वजनिक गरेको छ । माओबादीको थप कार्वाहीको जिज्ञासामा गद्धार घोषणा गरिएको जुनसुकै ब्याक्ति तथा सस्थाहरु निगरानीमा रहेको माओबादी कास्कीका एक नेताले बताए । आचरणमा सुधार नआए राज्यले कानुनी दायरामा ल्याएन भने आफुहरुले बाद्य भएर थप कदम चाल्ने उनको भनाई थियो । थप कलम कस्तो हुन्छ भन्ने बिषयमा उनले केही खुलाउन चाहेनन । माओबादीले यतिबेला देशभरमा यस्ता खाले कृयाकलाप सुरु गरेको छ । तुमवानका लमजुङ्ग, गोरखा, स्याङ्गजा , पर्बत र कास्की जिल्लामा जग्गा कब्जा तथा भष्टाचारी घोषणा गर्ने काम गरिसकेको छ । अव यो प्रकृया निरन्तर चल्ने माओबादीले बताएको छ ।
माओबादीले आईतबार पनि पोखरामा कोणसभाको आयोजना गरेको छ । अमरसिंहचोकमा आयोजना गरिएको कोणसभामा माओबादी कास्कका मध्ये कमाण्डका ईन्चार्ज पहाडले दलालहरुलाई कुनै पनि हालतमा छुट दिन नसकीने बताए । माओबादी सिद्धीसक्यो भने दुलोमा पसेकाहरु श्हरका चोक चोकहरुमा सल्वलाउन थालेकाले आफुहरु अब बम र ए के ४७ बनेर पड्कीने उनको भनाई थियो । सरकारले पक्राउ गरेका केन्दीय नेता असारे काका लगायतका १७ जना कार्यकर्ताको रिहाईको माग गर्दे कास्की माओबादीले बिभिन्न खाले आन्दोलन गर्दे आएको छ ।
यस अघि शनिबार बेलुका पनि पोखरामा माओबादीले मसाल जुलुस निकालेको थियो । र्सिजना चोक बाट निकालिएको मसाल पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा कास्की जिल्ला सचिवायलय सदस्य गजन तिवारीले भारतीय दलालहरुले माओबादी कार्यकर्ता मार्थि धरपकड सुरु गरेकोले आफुहरुको आन्दोलन पनि सुरु भएको घोषणा गरे ।
माओबादीको कृयाकलाप बढ्दै गएपछि देशभरी सुरक्षा निगरानी पनि बढाइएको प्रहरी स्रोतले बताएको छ । – माधब पनेरु