प्रचण्ड चीन प्रस्थान गर्दै

२०७१ चैत्र ९ गते, सोमबार

काठमाडौ, ९ चैत । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज प्रचण्ड चीन भ्रमणमा जाने भएका छन । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रचण्डको चीन भ्रमण तय गरिएको हो । प्रचण्ड चीनको दक्षिण पश्चिम युनान प्रान्तको कुन्मिङ सहरमा हुने कार्यक्रममा सहभागी हुन त्यहाँ जान लागेका हुन् ।
प्रचण्ड करिब एक साता चीन भ्रमणमा रहने छन । दिउँसो तीन बजे प्रचण्डसँगै पार्टी महासचिव कृष्णबहादुर महरा पनि चीन जान लागेका छन ।
भावी संविधान निर्माणमा चीनको चासो बढेका बेला प्रचण्डको भ्रमणलाई महत्वका साथ हेरिएको छ । पार्टी नेता डा बाबुराम भट्टराई भारतबाट फर्केको केही सातामै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन जान लागेका हुन् । भ्रमण सकेर चैत १३ गते प्रचण्ड स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रियाहरु

[anycomment]