सभामुखको अल्टिमेटम अलपत्र

२०७१ चैत्र १५ गते, आईतवार

काठमाडौ, १५ चैत । संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले सहमति गर्न दलहरुलाई पछिल्लोपटक दिएको समय आज सकिँदैछ । सभामुख नेम्वाङले सहमतिका लागि आज साँझ ५ बजेसम्म कुर्ने बताएका थिए । त्यस समयभित्र पनि सहमति नबने संविधानसभाको बैठक बोलाउन बाध्य हुने चेतावनी सभामुख नेम्वाङलेले दलहरुलाई दिएका थिए । तर, प्रमुख दलका शीर्ष नेताहरुबीच संयुक्तरुपमा एकपटक पनि औपचारिक छलफल हुन सकेको छैन ।
एकपक्ष, दुईपक्षीय रुपमा अनौपचारिक छलफल भने भएका थिए । नेम्वाङले यही चैत ११ गते ठूला ८ दलका मुख्य सचेतकसँग छलफल गरेर संविधानका विवादित विषय राज्यको पुनर्संरचना, शासकीय स्वरुपलगायतमा सहमति गर्न चार दिन समयसीमा तोकेका थिए ।हिजो बसेको सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको बैठकले प्रतिपक्षी दलहरुसँग निर्णायक वार्ता गर्ने निर्णय गरेको थियो । सोही दिन कांग्रेस नेताहरुले एकीकृत माओवादीसँग पनि छुट्टै छलफल गरे पनि निष्कर्ष विहीन भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]