ठग ज्योतिष माओवादीको फन्दामा

२०७१ चैत्र १६ गते, सोमबार

काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी पाल्पाले भारतीय महाराष्ट्रका ज्योतिष अशोक मण्डललाइ नियन्त्रणमा लिएका छन ।
अखिल क्रान्तिकारीले पाल्पाको होटल इन्द्रेणी एण्ड रेष्टुरेन्टको कोठा नं. २०२ मा भारत महाराष्ट्रका ज्योतिष पण्डित स्वामी जि महाराज अशोक मण्डल तथा उनका सहयोगी उमेश र कैलाशलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो । उनीहरुले खुलेआम रुपमा विगत ४ दिनदेखी जिल्लाका सोझा–साझा जनताका छोराछोरी, आमाबुवा, दाजुभाई दिदीबहिनीहरुलाई भाग्य, भुत भविष्य बताइदिने र सम्पूर्ण रोग तथा समस्याको उपचार गरिदिने भन्दै मोटो रकम उठाई ठगी गरेको भन्दै नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको अध्यक्ष राजकुमार पन्थीले बताए । भारतीय ज्योतीषले पटक पटक स्थानीय मिडियामा समेत प्रचार गरी, पोष्टर पम्पेलेट बााँडेको, होटलको एकान्त कोठामा लगि खुलेआम ठगि रहेको अवस्थामा नियन्त्रणमा लिई प्रहरी प्रशासनमा बुझाइएको उपाध्यक्ष झविन्द्र पन्थीले बताए । यस्तो कामले राज्यमाथी नै ठाडो हस्तक्षेप भई विना राजस्व, कर छली र स्थानीय प्रशासनको स्वीकृति विनानै राज्यको मुद्राको दुरुपयोग गरी सर्वसाधारण जनतालाई समेत गम्भिर रुपमा ठगेको हुँदा आगामी दिनमा यस्ता किसिमका हरकतलाई निरुत्साहित गर्न स्थानीय प्रशासनले पहल नगरेमा आफ्नो संगठनले नै त्यस्ता व्यक्तिहरुलाई कारवाही गरी जनता समक्ष सार्वजनिक गरी कारवाही समेत गरिने क्रान्तिकारीले एक विज्ञप्ती निकालेर जानकारी गराएको छ ।
यस अघि पनि दुई पटक तानसेनमा ठगी गर्दा समेत स्थानीय प्रशासनले कुनै कारवाही नगरेको हुँदा यस्ता गतिविधि रोक्न स्थानीय प्रशासन समक्ष क्रान्तिकारीले माग समेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]