आजको बन्द सकियो
काठमाडौं,२४ चैत । एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाले गरेको ३ दिने आमहड्तालको पहिलो दिनको बन्द सकिएको छ । मोर्चाले घोषणा गरेअनुसारको विहान ५ बजेदेखि सुरु भएको वन्द वेलुका ५ वजे सकिएको हो । पहिलो दिनको बन्द साँझ ५ बजेबाट बन्द खुलेको मोर्चाले जनाएको छ ।
थप आन्दोलन फिर्ता लिने नलिनेबारे छलफल गर्न ३० दलीय मोर्चाको बैठक बोलाइएको छ ।तिन दिने बन्दको पहिलो दिन देशभरको जनजीवन प्रभावित भएको छ । देशभर यातायात चलेनन् भने उद्योग कलकारखाना, बजार ठप्प भएको छ ।
राजधानीको विजुलीबजार क्षेत्रमा दिनभर तनाव भयो । बन्दकर्ता र प्रहरीबीच पटक-पटक झडप भएको थियो । संखुवासभा, लहान लगायतका स्थानमा बन्दकर्ता र स्थानीयबीच झडप समेत भएको छ ।