चिनियाँ युवा टोेली नेपाल आउँदै

२०७२ बैशाख ५ गते, शनिबार

काठमाडौ, ५ बैशाख । नेपाल-चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको हिरक महोत्सवका उपलक्ष्यमा ५० सदस्यीय चिनियाँ युवा टोेली ७ दिने नेपाल भ्रमणमा आउने भएको छ । टोली आज काठमाडौं आउदैछ । ‘यो भ्रमणको मुख्य उद्देश्य दुई देशका युवाहरू बीच नजिकको सम्बन्ध राख्ने, एक अर्कालाई चिन्ने नै हो । यसले पहिलेदेखि रहदै आएको सम्बन्धलाई प्रगाढ र सुदृढ पार्छ ।’ चीनिया टोलीको नेतृत्व अल-चाइना युथ फेडेरेसन उपाध्यक्ष वाङ होङयानले गर्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]