संविधानसभाको आजको बैठकपनि शोक प्रस्ताव मै सिमित हुने

२०७२ बैशाख ६ गते, आईतवार

काठमाडौ, ६ बैशाख । संविधानसभाको बैठक आज बस्दैछ । एकसाता अघि शोक प्रस्ताव पारित गर्दै सकिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।तर आजको बैठक पनि औपचारिकतामा मात्र सीमित हुनेछ । गएको बुधबार राती पूर्व प्रधानमन्त्री तथा संविधानसभाका ज्येष्ठ सदस्य सुर्यबहादुर थापाको निधन भएकाले आज पनि शोक प्रस्ताव पारित गर्ने मात्र कार्यसूची रहेका संविधानसभा सचिवालयले जनाएको छ ।
आजसम्म गरी पछिल्लो ३ वटा बैठक निरन्तर शोक प्रस्ताव पारित गर्दै स्थगित हुँदै आएको छ । दलहरुबीच संविधानको मुख्य विषयमा कुरा नमिलेपछि प्रतिपक्षले बहिष्कार गर्ने घोषणा गरेको संविधानसभाको बैठकमा लगातार शोक प्रस्ताव पारित गर्नु परेकाले पनि संविधानसभाको बैठकले कुनै प्रक्रिया शुरु गर्न सकेको छैन ।
यसैबीच संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुसँग परामर्श गरेर संविधानसभाको अर्को बैठकको मिति तोक्नुहुने तयारी गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]