प्रधानमन्त्री इन्डोनेसिया प्रस्थान

२०७२ बैशाख ७ गते, सोमबार

काठमाडौं,७ वैशाख । प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाको जकार्ता र वाङ्डुङमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वार्षिकोत्सवमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन । सो अवसरमा प्रधानमन्त्री कोइरालालाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, मन्त्रीहरु, मुख्य सचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका उच्च पदस्थ पदाधिकारी, विदेशी नियोगका प्रमुखलगायतले बिदाइ गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]