आज कम्युनिष्ट पार्टी स्थापना दिवस
काठमाडौ, ९ बैशाख । आज कम्युनिष्ट पार्टीको ६७औं स्थापना दिवस । नेपालमा पनि कम्युनिष्ट पार्टीहरुले पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछन् । ६६ वर्ष अघि कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि उहाँको पहलमा कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद गरिएको थियो ।