एमाओवादीले घुडा टेक्यो

२०७२ बैशाख ९ गते, बुधबार

काठमाडौ, ९ बैशाख । संविधान निर्माण सहमतिवाट हुनुपर्ने भन्दै सडक आन्दोलनमा उत्रिएको एमाओवादी अन्तत सत्ता पक्ष समक्ष घुडा टेक्न पुगेको छ ।
निरन्तर बहुमतीय प्रक्रियाको विरोध गर्दै आएको एकीकृत माओवादी शुक्रबार बस्ने संविधानसभाको बैठकमा छलफलका लागि सहभागी हुने भएको छ ।
एकीकृत माओवादी संसदीय दलको कार्यालयले बैशाख १० गते शुक्रबार बस्ने संविधानसभा बैठकमा संविधान निर्माण प्रक्रियाको छलफलमा सहभागिता जनाउने बताएको हो ।शीर्ष नेताहरूका बीचमा लेनदेनमा संविधानका अन्तरवस्तुमा सहमति हुने भएपछि बैठकमा सहभागी भई समाधान खोजिने भएको छ ।
माओवादी सभासद् डोरप्रसाद उपाध्यायले अहिलेसम्म दलहरूका विषयमा भएका सहमतिलाई प्रक्रियामा लगेर टुंगो लगाउने गृहकार्य भएको बताए । सहमतिका विषयमा बैठक चल्दै जाने र असहमतिका विषयमा सहमति गर्न दलहरूबीच छलफल गर्दै जाने माओवादीले बताएको छ । भोलि बस्ने संविधानसभा ठोस निर्णय केही नभए पनि संविधानसभामा समितिमा सदस्यहरूको हेरफेर हुने एजेण्डा पेश हुनेछ । त्यसैगरी मस्यौदा समितिले पहिलो संविधानसभाबाट सहमति कायम भएको विषयमा अन्तिम रूप दिई संविधानसभामा पेश गर्ने कार्यतालिका बनाउने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]