अख्तियारकै विज्ञविरुद्ध अख्तियारमै उजुरी
काठमाडौ, ९ बैशाख । अख्तियार दुरुपयोग अनुसनधान आयोगको विज्ञ सल्लाहकार नियुक्त कृष्णराज पन्तविरुद्ध अख्तियारमै उजुरी परेको आजको आर्थिक दैनिकमा खबर छापिएको छ । उनीविरुद्ध मंगलबार अख्तियारमा परेको उजुरीमा सडक विभागमा कार्यरत हुँदा विभिन्न घोटाला गरी करोडौँ रुपैयाँको सम्पत्ति जोडेको र अहिले ती सम्पत्तिलाई ढाकछोप गर्न र वैद्यता प्रदान गर्न अख्तियारको विज्ञ सल्लाहकार पदकै दुरुपयोग गर्ने सम्भावना रहेकाले छानविन गरी उनलाई सो पदबाट बर्खास्त गर्न माग गरिएको छ । उजुरी दर्ता नम्बर ३११४१ र ३११२४२ रहेको छ ।