विदेशमा रहेका कुटनीति निकायमा तीनदिन झण्डा झुकाइने

२०७२ बैशाख १५ गते, मंगलवार

काठमाडौ, १५ बैशाख । सरकारले तीनदिन शोक मनाउने भएको छ । विदेशस्थित नेपाली कुटनीतिक नियोगमा तीन दिन नेपाली झण्डा झुकाउने निर्णय गरेको छ । नेपालमा परेको आपतकालीन अवस्थालाई ध्यानमा राखेर सरकारले सबै निकायलाई शोक मनाउन र झण्डा झुकाउन निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले जानकारी दिए । उनले छिमेकी राष्ट्रबाट आउने सहयोग, राहत सामग्रीको व्यवस्थापनका लागि गृहमन्त्रालयसँग समन्वय गरेर काम भइरहेको बताए । अति आबश्यक राहत र उद्धारका सामग्री ल्याउन आग्रह गरिसकेकाले सहयोग गर्न चाहानेहरुका लागि त्यसै अनुसारको सर्कुलर र आग्रह गरिएको पोखरेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]