आज मजदुर दिवस, भूकम्प पीडितको राहात र उद्धारमा केन्द्रित
काठमाडौ, १८ बैशाख । नेपालका आएको भूकम्पको प्रलयका कारण आज मजदुर दिवस पनि नमाइने भएको छ । आज १ सय २६ औं मजदुर दिवस हो । यस पटकको मजुर दिवसलाई भूकम्प पीडितको उद्धार तथा राहत वितरणमा केन्द्रित गरिने विभिन्न संघ संगठनहरुले बताएका छन् । विभिन्न दल सम्वद्ध मजदुर संगठनहरुले दिवसलाई भूकम्प प्रभावितको उद्धार तथा राहत वितरणमा केन्द्रित गरेको बताएका छन् ।