राहतका लागि खाता खोल्न तछाड मछाड

२०७२ बैशाख १९ गते, शनिबार

काठमाडाँै । अघिल्लो शनिबार आएको भूकम्पले पीडित बनेकाहरुको सहयोगका लागि देश विदेशमा राहत संकलन गर्ने काम तीब्र भइरहेको छ । पीडितहरुका लागि सहयोग गर्ने मनहरु उत्साहित हुन थालेका छन् । यसक्रममा सरकारी र गैरसरकारी दुबैतर्फबाट बैंक खाता खोलेर आर्थिक सहयोग उठाउन थालिएको छ ।
यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी राहत संकलनका लागि खाता खोल्दा सम्बन्धित ठाउँमा स्वीकृत लिएर मात्रै खाता खोल्न आग्रह गरेको छ । भूकम्पपीडित सहायता संकलनका लागि जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, विदेशमा विदेशस्थित नेपाली दूतावास र वाणिज्य दूतावासहरुको स्वीकृतिमा मात्रै खाता खोल्न मन्त्रिपरिषदको कार्यालयले अनुरोध गरेको छ । सरकारले शनिवार गएको भूकम्पका पीडितहरुका लागि राहत संकलन गर्न विभिन्न वैंकहरुमा खाता सञ्चालन गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका नाममा ६ वटा वैंकमा ७ वटा खाता सञ्चालन गरिएका छन् । एभरेष्ट वैंकमा ००१०११०२२०००१२ र ००१००१०५२००२७० नम्बरको खाता सञ्चालन गरिएको छ । यस्तै, सरकारी तवरबाट ग्लोबल आईएमई बैंक ज्ञानेश्वरमा खाता नम्बर ०४११०१००००००५ सञ्चालन गरिएको छ भने नेपाल बंगलादेश बैंक नयाँ बानेश्वरमा ०३५१४१ सी, नेपाल बैंक लि। काठमाडौं बैंकिङ अफिसको ००२–११–०५३३१३, स्टाण्डर्ड चार्टर्ड बैंक लाजिम्पाटको ०१–०१३२४३८–०१ र राष्ट्रिय वाणिज्य बैंकको ११३०००३७६२०१ नम्बरको छुट्टाछुट्टै खाता सञ्चालन गरिएको छ ।
यसैगरी, नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले पनि भूकम्पपीडितहरुका लागि ‘भूकम्पपीडित उद्धार तथा राहत मूल समिति’ गठन गरेको छ । संघका अध्यक्ष हंशराज वाग्ले, लोकतान्त्रिक फोरमका प्रज्ञान न्यौपाने र प्रगतिशील मञ्चका रमेश गेलालको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालन हुने गरी प्राइम कमर्सियल बैंक बागबजार शाखामा ‘०१८०१३३० सीए’ नम्बरको खाता सञ्चालन गरिएको छ भने वचत तथा ऋण सहकारीहरुको साझा संस्था नेफस्कुनले पनि पीडितहरुका लागि उद्दार तथा राहत कोष सञ्चालन गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून)ले ‘नेफस्कून पीडित उद्धार राहत कोष’का नाममा जनता बैंकमा खाता खोलेको छ । नेफस्कुनले जनता बैंकमा १११–००२–००२०६०५–०२ नम्बरको खाता सञ्चालन गरेको छ । अन्य संघ संस्थाहरुले पनि भूकम्पपीडितहरुको उद्दार तथा राहत संकलनका लागि आ–आफ्नै किसिमले राहत संकलन गर्नुका साथै विभिन्न वैंकहरुमा खाता खोलेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]