संसदको बैठक शोक प्रस्तावमा सिमित
काठमाडौं, वैशाख २४ । व्यवस्थापिका संसदको बैठकले भूकम्पमा परी ज्यान गुमाउनेहरुको शोकमा प्रस्ताव पारित गरेको छ ।विहीबार बसेको संसद बैठकले मृतकहरुको चीर शान्तिको कामना गर्दै शोक र मृत्यु भएका परिवारका सदस्य र आफन्तमा समवेदना व्यक्त गरेको हो ।
संसदको शुक्रबार बस्ने बैठकमा भने महाभूकम्पपछिको विपत्को सामना गर्न संकल्प प्रस्ताव पेश गरिनेछ ।विहीबार बिहान प्रधानमत्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले शुक्रबारको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन गरी संकल्प प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो ।यस्तै, दलहरुले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको साझा अवधारणा तयार गरी संकल्प प्रस्ताव पारित गर्ने बताएका छन् ।