परिवार दलद्धारा राष्ट्रिय सरकार गठनको माग

२०७२ बैशाख २५ गते, शुक्रबार

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् सभासद् एकनाथ ढकालले मुलकलाई महा–बितिबाट सहज निकास दिन ,संविधानसभा मार्फत सहमतिमा संविधान जारी गर्नको लागि राष्ट्रिय सयुक्त सरकार गठनको बिकल्प नरहेको बताएका छन् । ढकालले प्रधानमन्त्री सुशील कोइरालासँग राष्ट्रिय सयुक्त सरकार गठनको माग गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा अध्यक्ष ढकालले देशमा महा–बिपति आइपरेको, संविधान लेखनको काम सिङगै बाँकी रहेको र महाभूकम्प पश्चात महामारी फैलिन सक्ने तथ्य समेत मध्यनजर गरि संसदमा प्रतिनिधीत्व गने सबै राजनैतिक दल एकजुट भएर समस्याको सामना गर्न राष्ट्रिय सरकार गठन भए सजिलो हुने बताउनु भयो ।अध्यक्ष ढकालले भुकम्प प्रभावित जिल्लामा देशका सम्पूर्ण सभासद्हरुलाई परिचालन गर्न समेत आग्रह गर्दै भूकम्प पीडितहरुलाई तत्काल आवासको लागि जस्ताका पाता उपलब्ध गराई अस्थाई रुपँमा समस्या समाधान गर्ने सुझाब दिएको छ । साथै दिर्घकालिन रुपमा भुकम्प निरोधक घर निर्माण गरिदिने योजना सरकारले ल्याउनुपर्नेमा ढकालले जोड दिए ।
अध्यक्ष ढकाल आफै गोरखा पुगेर भूकम्प पीडितहरुलाई राहत समेत वितरण गरेका छन् । गोरखाको बुङकोट, बोर्लाङ, धावा, तान्दाङ, फुजेल र आरुपोखरी गाबिसका प्रभाबितहरुलाई ३०० थान त्रिपाल ५० बोरा चामल लगायतको खाद्यान्य सामग्री बितरण गरे । ढकालले महाभूकम्पबाट ज्यान गुमाएका परिवारलाई चार लाख र आफनो घर पूर्ण रुपमा क्षती भएका परिवारलाई दस लाख र आंसिक रुपमा घर क्षति भएकाको परिवारलाई पाँच लाखको दरले क्षतिपूति दिन सरकारसँग गरेका थिए । नेपाल परिवार दलले काठमाडौ, ललितपुर, भक्त्तपुर, नुवाकोट ,धादिङ, गोरखा, सिन्धुपलान्चोक,काभ्रे, ओखलढुगा, सिन्धुली, रामेछाप, दोलखा, मकवानपुर लगायतका जिल्लामा राहत बितरण गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]