भूकम्पबाट मृत्यु भएकाहरुको परिवारलाई जनही एक लाख

२०७२ बैशाख २६ गते, शनिबार

काठमाडौं,२५ वैशाख ।प्रधानमन्त्री सुशील कोइरालाले महाभूकम्पपछिको अवस्थालाई क्रमशः सामान्य बनाउने, पीडितहलाई उचित राहत दिने र पुनःनिर्माणको कामलाई तीव्रताकासाथ अघि बढाउनेलगायतका विषय समेटेर संकल्प प्रस्ताव पेश गरेका छन ।भूकम्पबाट प्रभावितसम्म राहत र पुनःर्निर्माण पुर्‍याउन र अनुगमन गर्न सर्वदलीय संयन्त्र बनाउने संकल्प प्रस्तावमा उल्लेख छ ।
यस्तै, भूकम्पबाट मृत्यु भएकाहरुको परिवारलाई जनही एक लाख, पूर्णरुपमा घर भत्किएकाहरुलाई दुई लाख र घर मर्मतका लागि २५ हजार रुपैयाँ दिने प्रस्ताव गरिएको छ ।आगामी पाँच वर्षभित्र भूकम्पबाट क्षति भएका ठाउँहरुमा पुनःनिर्माणको काम सक्ने प्रतिबद्धता पनि जनाइएको छ । भूकम्पबाट अभिभावक गुमाएका बालवालिकाका लागि निःशुल्क शिक्षाको व्यवस्था गरिने पनि संकल्प प्रस्तावमा उल्लेख छ ।संकल्प प्रस्तावमा भूकम्पपीडितहरुलाई परिचयपत्र वितरण गरिने र त्यही परिचयपत्रको आधारमा उनीहरुलाई रोजगारीका लागि प्राथमिकता दिने पनि जनाइएको छ ।
यस्तै, भूकम्पबाट ज्यान गुमाएकाहरुको स्मृतिमा पार्क निर्माण गर्ने प्रतिबद्धता पनि संकल्प प्रस्तावमा छ ।संकल्प प्रस्ताव पेश गर्दै प्रधानमन्त्री कोइरालाले कालोबजारी गर्नेमाथि कारबाही गरिने प्रतिबद्धतासमेत जनाएका छन् । उनले आगामी बजेटमा भूकम्प, स्वाइनफ्लु र आगलागीबाट प्रभावित क्षेत्रका लागि विशेष ब्यवस्था गरिनेसमेत बताए ।

प्रतिक्रियाहरु

[anycomment]