प्रहरी र अपराधीबीच गोली हानाहान
काठमाडौं,२६ वैशाख । ताप्लेजुङको साँंवा गाउँ विकास समितिमा प्रहरी र अपराधीबीच गोली हानाहान भएको छ ।प्रहरीको सर्वाधिक खोजीमा रहेका साँवा २ का मण्डेला लिम्बूलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार भएपछि प्रहरीले पनि फायरिङ गरेको जनाएको छ ।सदरमुकाम फुङलिङबाट एकदिनको पैदल दूरीमा रहेको सो गाविसमा पुगेको प्रहरीले शनिबार बिहान ५ बजे नै मण्डेलाको घर घेराउ गरेको थियो । घर घराउ गरेको सूचना पाएका मण्डेला फायरिङ गर्दै घरको माथिल्लो तलाबाट भागेको प्रहरीले जनाएको छ ।
मण्डेलाका कारण गाउँ समाज सधैं त्रसित रहनुपर्ने र हिंसा मच्चाएर उनी जंगलका गोठतिर भाग्ने गरेको स्थानीयले बताएका छन् । मण्डेलाले काठमाडौंमा स्नातक तहमा पढ्दै गरेका स्थानीय राम तामाङको २०६६ साल माघ १५ गते विवाह भोजमा ‘हत्या’ गरेका थिए ।