सहयोग गर्न ढिला नगर : राष्ट्रसंघ

२०७२ बैशाख २९ गते, मंगलवार

काठमाडौं, २९ बैशाख । संयुक्त राष्ट्रसंघले नेपालका आएको महाभूकम्पबाट प्रभावित नेपालीलाई सहयोग गर्न आपतकालिन कोषका लागि गरिएको आह्वानप्रति अन्तराष्ट्रिय समुदाय सहयोगमा गरेको ढिलाई प्रति आपत्ति जनाएको छ ।
नेपालस्थित संयुक्त राष्ट्रसंघका प्रमुख ज्यामी म्याक गोल्ड ड्रिकले नेपालका लागि राहत प्रयत्नमा सहयोगका लागि गत साता आह्वान गरिएको ४ सय १५ मिलियन डलर मध्ये राष्ट्रसंघमा २२ मिलियन डलर मात्र जुटेको बताएका छन् ।
साथै गोल्ड ड्रिकले नेपालमा मनसुन सुरु हुन लागेकोे अवस्थामा भूकम्पपिडितहरु थप मारमा पर्ने भन्दै तत्काल सहयोग रकम जुटाउन अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]