भारतीय प्रधानमन्त्री चिन भ्रमणमा

२०७२ बैशाख ३१ गते, बिहीबार

काठमाडौं, ३१ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणका लागि चीन पुगेका छन । यसैक्रममा आज विहानै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिनियाँ राष्ट्रपति शी जिनपिङको गृहनगर शिआन पुगेका छन् । मोदी मोदी विमानस्थलमा पुग्दा चिनियाँ परंपरागत शैलीमा भब्य स्वागत गरिएको थियो ।चीन पछि मंगोलिया र दक्षिण कोरियाको भ्रमणमा जाने भारतीय प्रधानमन्त्रीको कार्यक्रम छ । चीन प्रस्थान गर्नु अघी मोदीले २१ औं शताब्दी एसियाको भएको भन्दै आफू चीन भ्रमणको प्रतीक्षामा रहेको बताएका थिए ।
चिनियाँ राष्ट्रपति शी जिनपिङ गत वर्षको सेप्टेम्बरमा भारत भ्रमणमा आएका थिए । आफ्नो भ्रमणले चीनसँगको ब्यापारिक साझेदारीमा सम्बन्ध अझै सुद्धृढ हुने विश्वास मोदीले ब्यक्त गरेका छन् ।चीन र भारतबीच सीमा विवाद लगायतका विवादका कारण भित्र भित्रै मनमुटाव रहँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]