राहतमा भ्रष्ट्राचार गर्नेलाई जेल हालिन्छ: प्रधानमन्त्री

२०७२ बैशाख ३१ गते, बिहीबार

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुलाई राहत, पुनःस्थापन र पुनःनिर्माणमा भ्रष्ट्राचार गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् ।राष्ट्रिय सहकारी संघ लिका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिइएको सहयोग रकम ग्रहण गर्नेक्रममा विहीबार उनले भ्रष्टाचार गर्नेहरुलाई जेल हाल्ने चेतावनी दिएका हुन् ।
महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । विहीबार बिहान प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रम संघका अध्यक्ष केशव बडालले प्रधानमन्त्री कोइरालालाई चेक हस्तान्तरण गरेका थिए ।सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालीमा एकर्कालाई विपद् पर्दा गाँस काटेर सहयोग गर्ने संस्कार रहेको भन्दै यस्तो बेलामा भ्रष्टाचार गर्नेहरुलाई जेल हाल्नुको विकल्प नहुने बताएका हुन् ।
त्यसक्रममा प्रधानमन्त्री कोइरालाले राहत वितरणमा निश्पक्षता कायम राख्न सम्बद्ध अधिकृतहरुलाई निर्देशन दिइसकेको जानकारी गराएका थिए ।सो अवसरमा राष्ट्रिय सहकारी संघको समन्वयमा इन्डियन फार्मर्स फर्टिलाइजर्स लिमिटेडले संकलन गरी पठाएको दुई करोड रुपैयाँ बराबरको राहत सामग्री गोर्खा सिन्धुपाल्चोक र काभे्रमा वितरण भइसकेको जानकारी पनि दिइएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]