तथ्यहीन समाचार पोष्ट, सेयर र लाइक नगर्न प्रहरीको आग्रह
काठमाडाैं, १ जेठ । महानगरीय प्रहरी अपराध महाशाखाले तथ्यहीन, भ्रमपूर्ण समाचार सामाजिक सञ्जालमा पोष्ट, सेयर तथा लाइक नगर्न इन्टरनेट प्रयोगकर्तालाई आग्रह गरेको छ । महाशाखाले मुलुक भूकम्पका कारण समस्यामा परेको र पटक–पटक पराकम्पन गइरहेको सन्दर्भमा अनावश्यक हल्ला तथा तथ्यहीन समाचारले जनजीवन थप आतङ्कित भएको भन्दै यस्तो आग्रह गरेको हो ।
गलत समाचार कहीँकतै आएमा त्यस्ता समाचार पोष्ट नगर्न तथा लाइक र सेयर नगर्न/नगराउनसमेत महाशाखाले आग्रह गरेको हो । महाशाखाले गलत सन्देश प्रवाह गर्ने जो कोहीलाई नियमअनुसार कारबाही गर्ने जनाएको छ ।