भारत सबै प्रकारका सहयोग गर्न तयार : राजदूत राय

२०७२ जेष्ठ २ गते, शनिबार

काठमाडौं, २ जेठ । नेपालका लागि भारतका राजदूत रणजित रायले भारत नेपाललाई सबै प्रकारका सहयोग गर्न तयार रहेको बताएका छन् ।आज रिपोर्टस् क्लबले गरेको साक्षत्कारमा राजदूत रायले ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई स्वर्थरहित ढंगबाट सबै प्रकारका सहयोग गर्न तयार रहेको बताइसकेको’ भन्दै ‘कस्तो सहयोग लिने भन्ने कुरा नेपालको इच्छामा भरपर्ने’ बताए ।उनले भूकम्प प्रभावित क्षेत्रहरुमा पुनःनिमार्णका लागि गरिने दातृ निकायहरुको सम्मेलन आयोजनाको संयोजनका लागि पनि भारत इच्छुक रहेको स्पष्ट पारे ।राजदूत रायले भारतले नेपाललाई असल छिमेकीको रुपमा सहयोग उपलब्ध गराउनेमा शंका नगर्न पनि आग्रह गरे ।

प्रतिक्रियाहरु

[anycomment]