माओवादीको पत्रकार सम्मेलन खुल्लामञ्चमा
काठमाडौं,३ जेठ । नेकपा माओबादीले विनासकारी भुकम्पको समयमा आफ्रनो पार्टीले गरेका उद्धार, राहत वितरण तथा भुकम्प पिडितहरुका भत्किएका संरचना पुनःनिर्माण सम्बन्धि संचालन गरेको अभियानका बारेमा आज पत्रकार सम्मेलन गरि जानकारी गराउने भएको छ । माओवादीको हालै बसेको केन्द्रीय समितिको बैठकले लिएका निर्णय र महाविनासकारी भुकम्पमा पार्टीले संचालन गरेको अभियानका बारे जानकारी गराउन आज दिउसो १ बजे काठमाडौंको खुल्लामञ्चमा पत्रकार सम्मेलन आयमेजना गरिएको जनाइएको छ ।
काठमाडौंको खुल्लामञ्चमा आयोजन गरिएको पत्रकार सम्मेलनमा उपस्थितिका लागि सबै पत्रकार ,मिडिया प्रेमिहरुमा उपस्थित हुन समेत माओबादीले अनुरोध गरेको छ ।
पत्रकार सम्मेलनमा पार्टी महासचिव नेत्र विक्रम चन्द्र विप्लव उपस्थित हुने कार्यक्रम रहेको माओवादी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।