माओवादी दोस्रो चरणको राहत तथा उद्दार अभियानमा

२०७२ जेष्ठ ७ गते, बिहीबार

काठमाडौँ ७ जेठ । नेकपा माओवादीले भूकम्पबाट बढी प्रभावित भएका जिल्लाहरुमा उद्दार तथा राहात बितरण र पुनर्निर्माणको दोश्रो चरणको आभियाँनको सुरुवात आजबाट गर्ने भएको छ ।माओवादी प्रबक्ता प्रकाण्डले दिएको जानकारी अनुसार महासचिब विप्लवले रामेछापको मन्थली,पार्टीका नेता धर्बेन्द्र बास्तोलाले काठमाडौँको जमल, पार्टीका प्रबक्ता प्रकाण्डले भक्तपुरको सुडाल, पार्टी केन्द्रीय सदस्य झक बहादुर मल्लले दोलखाको भिमेस्वर नगरपालिकामा अभियानको उदघाटन गर्ने छन ।
त्यस्तै पार्टी केन्द्रिय सदस्य एटम बुढाले सिन्धुपाल्चोकको जलाबिरे, पार्टी केन्द्रिय सदस्य संजिबले नुवाकोटको विदुर नगरपालिका, पार्टी केन्द्रीय सदस्य उत्तमले मकवानपुरको निम्टार, माओबादी निकट महिला संघकि तामसालिङ्ग संयोजक भृकुटीले रसुवाको धैगुम, पार्टी केन्द्रिय सदस्य सन्तोषी बिकले काभ्रेको पाचखाल, पार्टी केन्द्रिय सदस्य तेज प्रसाद अधिकारीले सिन्धुलीको क्यानेस्वरमा, अभियानको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै माओवादी केन्द्रीय सदस्य तथा तमुवान इन्चार्ज सावित्रा दुरा “आस्था”ले दिएको जानकारी अनुसार भूकम्पबाट प्रभावित तमुवानका जिल्लाहरुमा पनि आजै अभियानको उदघाटन गरिने भएको छ ।
आस्थाका अनुसार लमजुङ्गमा पार्टी केन्द्रिय सदस्य चुनामणि ओली, तनहुँमा पार्टी केन्द्रिय सदस्य डीडी पाण्डे, कास्कीमा माओबादी नेता नन्दलाल तिवारी “जगन” ले अभियानको उदघाटन गर्ने भएका छन । अभियान टोलीले भूकम्पबाट प्रभावितहरुको उद्दार राहात तथा वितरण गर्नुका साथै घर भत्किएका स्थानीयलाई अस्थायी बसोबासको लागी घरटहरा निर्माण समेत गर्ने माओवादीले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]