आज प्रेस युनियन स्थापना दिवस

२०७२ जेष्ठ १३ गते, बुधबार

काठमाडौ, १३ जेठ । नेपाल प्रेस युनियनले आफ्नो २४औँ स्थापना दिवस आज विविध कार्यक्रमका साथ देशभरि मनाउँदै छ ।‘भूकम्पपीडित पत्रकारका लागि केही गरौँ’ भन्ने नाराका साथ यस वर्षको स्थापना दिवस मनाउन लागिएको हो ।युनियनको केन्द्रीय समितिले देशभरका सबै शाखाहरुलाई आ–आफ्नो अनुकूलका कार्यक्रमहरु गरेर श्रमजिवी पत्रकारको बारेमा छलफल चलाउन आग्रह गरेको युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिए ।
लोकतन्त्रप्रति आस्था राख्ने पत्रकारहरुको सङ्गठनको रुपमा २०४८ सालमा युनियनको स्थापना भएको हो ।
यसको पहिलो निर्वाचित अध्यक्ष हरि अधिकारी हुनुहुन्छ भने रमेश तूफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारी शर्मा, समिरजङ्ग शाह र किरण पोख्रेलले नेतृत्व सम्हालि सकेका छन । हाल प्रेस युनियनमा बद्री सिग्देल अध्यक्ष रहेका छन । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको सदस्यता पाउने नेपालको पहिलो सङ्गठनको रुपमा रहेको नेपाल प्रेस युनियनमा देशभरिका झण्डै पाँच हजार लोकतन्त्रवादी पत्रकार आवद्ध रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]