संघीयताको विवाद आज टुंगाइने
काठमाडौं, १९ जेठ । दलहरुले संघीयताको विषयमा सहमति खोज्न छलफल तीव्र बनाएका छन् ।एक महिनाभित्रै संविधान जारी गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सैद्धान्तिक सहमति गरेका दलहरुले आफूहरुबीचको छलफल सकारात्मक रहेको भन्दै मंगलबारै संघीयताको विवाद टुंगिन सक्ने जनाएका छन् ।मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकमा संघीय राज्यको संख्या र सीमांकनबारे आजै टुंगो लगाउने सहमति बनेको हो ।बैठकपछि मधेसी मोर्चाका संयोजक विजय गच्छदारले मंगलबारै संघीय राज्यको संख्या र सिमांकनको टुंगो लगाइने बताए ।