संविधानको प्रारम्भिक मस्यौदामा सहमति जुटाउने कोसिश
काठमाडौं, १२ असार । प्रमुख चार दल संविधानको प्रारम्भिक मस्यौदाका विषयमा सहमति नजिक पुगेका छन् ।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकमा एकीकृत मस्यौदा समितिले तयार पारेको संविधानको प्रारम्भिक मस्यौदामा छलफल भएको हो ।बैठकमा संविधानको प्राम्भिक मस्यौदाका विषयमा छलफल भएको र विवादित अधिकांश विषय सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । बैठकले आइतबारसम्म संविधानको मस्यौदालाई अन्तिम रुप दिइने र निर्धारित समयमै संविधानसभामा पठाउने निर्णय गरेको छ । त्यसका लागि आजै अपराह्न पुनः चार दलका शीर्ष नेताहरुबीच छलफल गर्ने सहमति भएको छ ।