खेलकुद मन्त्री बर्खास्त
काठमाडौं, १३असार । नेकपा एमालेले खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई मन्त्रिपरिषदबाट फिर्ता बोलाएको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव नियुक्तिमा पार्टी निर्णयविरुद्ध गएको आरोप मन्त्री पौडेलमाथि लाग्दै आएको थियो ।मन्त्री पौडेलले गत विहिवार केशवकुमार विष्टलाई परिषदको सदस्य सचिव पदमा नियुक्त गरेका थिए ।पार्टीको सिफारिश बिना आफूनिकटका विष्टलाई परिषदको सदस्यसचिव बनाएपछि संस्थापन पक्ष पौडलप्रति आक्रामक बनेको थियो । यही विषयलाई लिएर मन्त्री पौडेलसँग गत शुक्रवार स्पष्टीकरण नै मागिएको थियो ।मन्त्री पौडेललाई आफ्नो निर्णय सच्याउन, मन्त्रीबाट राजिनामा दिन वा पार्टीले चाल्ने कदम स्वीकार्न एमालेले भनेको थियो ।