आज राष्ट्रिय धान दिवस

२०७२ असार १५ गते, मंगलवार

काठमाडौ, १५ असार । १२ औं राष्ट्रिय धान दिवस आज देशभरमा बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा राष्ट्रिय धान दिवस तथा रोपाई कार्यक्रम २०७२ मूल समारोह समितिको आयोजनामा कागेश्वरी मनहरा १० काठमाडौंमा बिहान विशेष कार्यक्रम गरिदैछ । बिहान साढे ११ बजे हुने कार्यक्रममा सरकारी अधिकारी, गैरसरकारी निकायका प्रतिनिधि र किसानहरुको उपस्थिति रहने कृषि विभागले जनाएको छ ।
राजधानी बाहिर पनि सरकारी तथा गैरसरकारी निकायले धान दिवसको अवसरमा बिभिन्न कार्यक्रम गर्दैछन् । यसवर्षको धान दिवसको नारा ‘धान खेतीमा यान्त्रिकीकरण, उत्पादन लागतमा न्यूनीकरण’ तय गरिएको छ ।
नेपालले विसं २०६२ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]