‘अब निर्णायक विद्रोह ‘

२०७२ श्रावण ४ गते, सोमबार

काठ्माडौ, ४ साउन । चारदलहरुले मधेशी जनताको बलिदानको अवमुल्यन गरेर मस्यौदा ल्याएको भन्दै मस्यौदा जलाउने र मधेशमा निर्णायक आन्दोलन गर्ने बताएका छन् । तराई-मधेशका दुई युवा संगठनले संवाद डबलीमा सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका छन् । मधेशी युथ फोर्स र तराई-मधेश युवा अभियानले गत शनिबार कर्यगत एकता गरेर संघर्ष गर्ने निर्णय गरेका थिए ।
दुइ संगठनले नेपाल र भारत सरकारबीच नेपालीभूमि लिपूलेक सम्झौताको विरोध, सरकारले सशस्त्र प्रहरीलाई पक्राउ पूर्जी तथा गोली हान्ने अधिकारको खारेजी तथा जनविरोधी मस्यौदाको खारेजको निम्ति आन्देलन गर्ने बताएका छन् ।
मधेशी युथ फोर्सका संयोजक महेश साह कलवारले लिपुलेक सम्झौता खारेज नहुन्जेलसम्म जस्तोसुकै आन्दोलनमा होमिन तयार रहेको बताए ।
अहिलेसम्म मधेशी नेतारुहरुको बद्नाम भएको र उनिहरुलाई हेर्ने दृष्टिकोण पनि गलत रहेको भन्दै कलवारले अगाडि भने ‘अब मधेशी जनताको मन जित्न र उनीहरूकाे हक अधिकारकाे लागि लड्ने जिम्मा मधेशी युवाहरुको काँदमा अएको छ ।’
त्यसैगरि तराई-मधेश युवा अभियानका संयोजक ललित मल्लिक शानूले मधेशी युवाहरूले मधेशमा मात्र नभई सम्पूर्ण नेपाली जनताकाे अधिकारकाे लागि लड्न अाफूहरू तयार भएकाे बताए । ‘अहिलेको संविधानको मस्यौदा पूरानी बेहुलीलाई नयाँ कपडाले सिंगारपटार गरेकाले युवाले डटेर लड्नुपर्छ’ शानूले अगाडि भने, ‘कथित चरदलले महान् मधेश जनविद्रोह, जनयुद्ध र जनआन्दोलनको जनभावना विपरित प्रतिगामी कदम चालेका छन् यसको कडा मुकाबिला गरिन्छ ।’
पत्रकार सम्मेलनमा मधेशी युथफोर्सका उपाध्यक्ष छोटुदानी झा सोही संगठनका महासचिब सुजन यादब र तराई मधेश युवा अभियानका उपत्यका संयोजक सैलेश देव तथा सोहि संगठनका केन्द्रिय सदस्य रञ्जित झले पनि मन्तब्य राखेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]