संविधानको प्रारम्भिक मस्यौदा च्यातियो
काठमाडौँ, ५ साउन । नेपालगन्ज बाँके नेकपा माओवादी बाँकेका कार्यकर्ताहरुले नयाँ संविधानको प्रारम्भिक मस्यौदा – च्यातेका छन । कोहोलपुर नगरपालीकाको शित भन्डारको भवनमा मस्यौदामाथि सुझाव संकलन र छलफल भईरहेको बेला माओवादी कार्यकर्ताहरुले नाराबाजीसहित मस्यौदा च्यात्ने काम गरेका हुन् ।माओवादी बाँके जिल्ला सदस्य दान बहादुर फडेरा यौद्धा को नेतृत्वमा गएको टोलीले त्यो काम गरेको हो ।
नयाँ संविधानको प्ररम्भिक मस्यौदा खारेज गर, वैदेशिक हस्तक्षेप बन्द गर, भूकम्प पीडितमाथि भएको भ्रष्टाचारीलाई कारवाही गर लिपुलेख हाम्रो हो ।भन्ने नारा लगाउँदै विरोध र मस्यौदा च्यातेका थिए ।मस्यौदा च्यात्दा थुप्रै सर्वसाधारणहरुले पनि सर्मथन गरेर संगै नारा लगाएका थिए । चार दलले गरेको कथित १६ बुँदे सहमतिको जगमा बन्न लागेको संविधान जनयुद्ध र जनआन्दोलनको मर्म विपरीत भएको भन्दै पार्टीको कार्यक्रम अनुसार मस्यौदा च्यातेको नेकपा माओवादी बाँके क्षेत्र नं एकका ईन्चार्जका सुमन ले बताएका छन । ईन्चार्ज सुमनका अनुसार यो नयाँसंविधानको मस्यौदाले समग्र नेपाल र नेपाली जनताको भावना र चाहनालाई कुल्चेको छ र यसले देशलाई थप संकटतिर धकेल्ने छ यी दलाल हरूले जबर्जस्त गरेर संबिधान घोषणा गरे जनताले अर्को जनसंबिधान घोषणा गर्ने बताए ।