लिपुलेक हाम्रो हो’ भन्दै प्रर्दशन
काठमाडौं, ६ साउन । को नेकपमा माओवादीले भक्तपुरमा मशाल जुलुस गरेको छ । ‘लिपुलेक हाम्रो हो, राष्ट्रघाति सम्झौता खारेज गर, १६ बुँदे सहमति खारेज गर भन्ने नारासहित नगरका विभिन्न क्षेत्रबाट आएको जुलुश सूर्यविनायकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै भक्तपुर सेक्रेटरी तिलक मल्ल ‘क्षितिज’ ले नेपाली भूमि लिपुलेकलाई व्यपारिक नाकाको रुपमा प्रयोग गर्ने भनि भारत र चीनबीच भएको सम्झौता राष्ट्रघाति भएको बताए । ‘हाम्रो भूमिबारे चीन र भारतले गरेको सम्झौता राष्ट्रघाति छ, यो सम्झौता खारेज नगरेसम्म आन्दोलन जारी रहन्छ’ क्षितिजले कोणसभालाई सम्बोधन गर्दै भने । उनले पार्टीले साउन ८ गते आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सबैपक्षसँग आग्रह समेत गरे । साउन ८ गतेको बन्दको प्रचारप्रसारको लागि माओवादीले आज देशभर विविध
कार्यक्रम गरेको छ ।