बैद्यलाई छोड्दै विप्लव रोज्दै

२०७२ श्रावण ९ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादीमा कार्यकर्ता प्रवेश गर्ने लहर नै चलेको छ । पार्टी पुनर्गठन भएको करिब आठ महिना पुग्दा क्रान्तिकारी विचार हुनेहरुले ‘पर्ख र हेर’ को अवस्थामा रहेका सबै नेता कार्यकर्ताहरु क्रान्तिलाई साथ दिने भन्दै नेकपा माओवादीमा प्रवेश गरेका छन् । केही समय अगाडि मात्रै दर्जनौं कार्यकर्ताहरु प्रवेश गरेका ईलाका नं. १ स्थित देवदह नगरपालिकाको वडा नं. ११ चरङ्गेबाट केन्द्रीय नेतालगायत जिल्लास्तरका नेताको माझ एक कार्यक्रमका बीच झण्डै दर्जन नेता कार्यकर्ता पार्टी प्रवेश गरी टिका ग्रहण गर्दै क्रान्तिलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै नेकपा माओवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल उपव्यूरो इन्चार्ज विरजंगले पार्टीले नेपालको मौलिकतामा क्रान्ति गर्ने र यहाँका दलाल पूँजीवादीहरुलाई तह लगाउने बताउँदै भने, ‘हामी क्रान्तिको तयारीमा छौं, यहाँ छिटो गर्नुप¥यो भन्ने मान्छे धेरै छन् तर हामीले कसैको लागि गर्ने नभई यसको पूर्ण तयारीपछि मात्र क्रान्ति गर्ने हो ।’
पार्टी प्रवेश गर्नेहरुमा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य तथा जिल्ला सचिव, नेकपा–माओवादीका जिल्ला सदस्य झलकप्रसाद पौडेल, नेकपा–माओवादीका ईलाका सदस्य तथा वडा सेक्रेटरी शिव जि.सी., नेकपा–माओवादीका ईलाका सदस्य वडा सह–इन्चार्ज लिलबहादुर थापा, दलित मुक्ति मोर्चाका जिल्ला सदस्य कृष्ण विक, दलित मुक्ति मोर्चाका जिल्ला सदस्य हुकुम परियार, पार्टी सदस्य धनबहादुर विक, पार्टी सदस्य उमानाथ शर्मा, अखिल नेपाल महिला संघ जिल्ला सल्लाहकार हरिकला आचार्य, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सदस्य विनिता शर्मालगायत रहेका छन् । नवप्रवेशीहरुको तर्फबाट बोल्दै झलकप्रसाद पौडेलले आपूmहरुले हिजो पनि क्रान्तिलाई आफ्नो ठाउँबाट सहयोग गरेको र आज पनि जस्तोसुकै सहयोग गर्न समग्र चरङ्गेबासी क्रान्तिकारीहरु तयार रहेको बताए, उनले समग्र देवदह नगरपालिका र ईलाका नं. १ को पार्टी मजबुद बनाउन आपूmहरु लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम पार्टी जिल्ला सचिवालय सदस्य तथा ईलाका नं. १ का इन्चार्ज शिशिरको अध्यक्षता तथा जिल्ला सचिवालय सदस्य मुक्ति अर्यालको सञ्चालनमा भएको थियो भने सबै नवप्रवेशीहरुलाई क्रान्तिलाई साथ दिने प्रतिवद्धता व्यक्त गरेकोमा धन्यवाद साथै स्वागत जिल्ला सचिवालय सदस्य कल्पना सुवेदीले गरेकी थिईन् ।

प्रतिक्रियाहरु

[anycomment]