भारतिय सेना कालापानी छोड : युवासंघ
काठ्माडौ, १० साउन । नेकपा(एमाले)को भातृसंगठन युवासंघ नेपालले आइतबार राजधानीको शान्तिवाटीकामा कोणसाभा गरी लिपुलेक सम्झौता तत्काल खारेज नगरे राष्ट्रियताको लडाई अझै कठोर हुने चेतावनी दिएका छन् ।
कार्यक्रममा युवासंगकी वरिष्ठ उपाध्यक्ष दिलु पन्तले कोणषभामा बोल्दै भनिन् ‘लिपुलेक मात्रै हैन अब कालापानीबाट भारतिय सेनालाई पनि पछि हटाउने आन्दोलनको जरुरी भएको छ ।’नेपाली जनतालाई लिपुलेक प्रकरणले निकै सचेत गराएको र नेपाली दलाल् नेतृत्वहरुलाई पनि यो प्रकणले चुनौति खडा गरेको बताउँदै अगाडी भनिन् ‘अब जनताले नेताहरुलाई चिनेको र राष्ट्रघातिहरुको निर्देशनलाई मान्ने छैनन् ।’
त्यसै गरी संघका केन्द्री सचिब हस्तबहादुर शाही र नरेश शाहीले पनि धारणा राख्दै भने देश भनेको प्रण भएको र यसको रक्षका निम्ति जे पनि गर्न तयार हुनु पर्ने अवस्ता अएको बताए ।शाहीले भने ‘ बिगतमा भारतीय विस्तारवादको जे रबैया थियो अब यो समयमा हामीलाइ जिस्क्याउन खोजे ठूलो क्षति बेहोर्नु पर्ने छ ।’ उक्त कोणसभाको संयोजन युवासंघका काठ्माडौ जिल्ला कमिटीका अध्यक्ष निमेश पौडेलले गरेका थिए ।