नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पूरा

२०७२ श्रावण १६ गते, शनिबार

काठमाडौं, १६ साउन ।आज नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष भएको छ । कूटनीतिकस्तरमा द्विपक्षीय दौंत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशका अवसरमा दुवै मुलुकका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले बेग्लाबेग्लै बधाई सन्देश जारी गरी एकआपसमा शुभकामना एवम् बधाई आदानप्रदान गरेका छन । राष्ट्रपति डाक्टर रामवरण यादवले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई बधाई सन्देश पठाउँदै पञ्चशीलका सिद्धान्तले द्विपक्षीय सम्बन्धमा शान्तिपूर्ण सहअस्तित्वका मजबुत आधार उपलब्ध गराएको बताएका छन ।
सन्देशमा उनले ‘एक चीन नीति’ प्रति नेपालको सम्मान रहेको बताउँदै नेपाली नागरिकले चिनियाँ नागरिकलाई सच्चा र विश्वसनीय मित्रका रुपमा उच्च सम्मान गरेका उल्लेख गरेका छन ।
यस्तै चीनका राष्ट्रपति सीले पनि बधाई सन्देश पठाएर चीन र नेपाल–चीन र नेपाल असल छिमेकी, मित्र र साझेदार हुन् भन्दै बितेका ६० वर्षमा द्विपक्षीय सम्बन्ध निरन्तर परिपक्क भइरहेको बताएका छन । चीन र नेपालबीच विशिष्टिकृत विस्तृत सहयोगात्मक साझेदारीको सम्बन्ध अनन्तकालसम्म निरन्तर रहने गरी स्थापना भएको उल्लेख गर्दै सन्देशमा चिनियाँ राष्ट्रपतिले चीन–नेपाल सम्बन्धलाई आफूले अधिक महत्व दिएको बताएका छन ।
दुवै देश र नागरिकलाई लाभ हुने अझ फलदायी परिणामका निम्ति सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै उहाँले चीन र नेपालबीचको चिरस्थायी सम्बन्धको शुभकामना व्यक्त गरेका छन ।
नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]