प्रजातान्त्रिक विचार समाजद्वारा २४ वुँदे सुझाव समेटन माग

२०७२ श्रावण १६ गते, शनिबार

काठमाडौं, १६ साउन । प्रजातान्त्रिक विचार समाजले आफूले दिएका सुझाव संविधानमा समेट्न आग्रह गरेको छ । समाजले शनिबार काठमाडौंमा सभासदहरुसँग छलफल गरी विभिन्न विषयमा दिएका २४ बुँदे सुझाव संविधानमा समेट्न आग्रह गरेको हो ।
संविधानको प्रस्तावनामा गाली–गलोजको भाषा प्रयोग नगर्न, धर्म निरपेक्षताको साटो धार्मिक स्वतन्त्रता भन्ने शब्द प्रयोग गर्न, प्रदेशको संख्या पाँच बनाउन, नागरिकता बाबु वा आमाको नामबाट पाउने व्यवस्था गर्न समाजले सुझाव दिएको छ ।
त्यस्तै संविधानको मस्यौदामा राखिएको ‘समाजवाद’ शब्द हटाउन, स्थानीय तहलाई थप अधिकार दिन, मत बराबर भए राष्ट्रपति गोलाप्रथाबाट हुने व्यवस्था नगर्न, संवैधानिक अदालत नराख्न, पूर्ण प्रेस स्वतन्त्रतको ग्यारेन्टी गर्न र निर्वाचनमा थ्रेस होल्डको व्यवस्था गर्नेलगायतका सुझाव पनि दिइएको छ ।
कार्यक्रमका सहभागीहरुले जनताबाट आएका सुझावलाई संविधानमा समेट्नसमेत सभासदहरुको ध्यानाकर्षण गराएका थिए ।
त्यस क्रममा सभासदहरु बद्री पाण्डे, मीन विश्वकर्मा, जगदिश्वरनरसिंह केसीलगायतकाले समाजले दिएका सुझाव कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रियाहरु

[anycomment]