माओवादीको नेतृत्वमा ग्रेटर नेपालको मुद्धा उठाउँछौ
काठमाडौं,१६ साउन । देश भक्त संघिय जनवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले स्वदेशका प्रधानमन्त्रि, प्रराष्ट्रमन्त्रिलाई आफू कति क्षेत्रफलको व्यक्ति हुँ भन्ने थाहा नभएको र उनिहरु आफ्नो भूमिप्रति चिन्ति नभएको बताए । यस्तो अवस्थामा विप्लव नेतृत्व नेकपा माओवादीको नेतृत्वमा ग्रेटर नेपालको मुद्धा उठाउने बताएका छन् ।
यसैगरी सोहि कार्यक्रममा खसान राष्ट्रिय संघर्ष समितिका सह अध्यक्ष प्रेमबहादुर खातिले यदि कालापानीबाट भारतिय सेना नहटाए लिपुलेक सम्झौता खारेज नगरे कुमाल गडवालसम्म पुग्न बध्य हुने बताएका छन् ।
यसैगरी कार्यक्रममा सिमाविद चेतेनद्रजुंग हिमालीले नेपाली नेताहरु क्षिमेकी देशतिर नियमित स्वास्थ्य परिक्षणको नाममा स्वाधिनता र राष्ट्रियताको मूल्य बडाबड गर्न जाने प्रवृत्तिले देशको भविष्य जोखिमम रहेको बताएका छन् । उनले अगडी भने ‘नेपालको भविष्य जोखिममा र संवेदनशील भएको यसबेला राष्ट्रवादीहरु एक हुनुको विकल्प छैन ।’