तामसालीङ संयुक्त संघर्ष समिति खबरदारी सभा गर्दै

२०७२ श्रावण १७ गते, आईतवार

काठमाडौ, १७ साउन । नामंकन र सिमांकन सहितको संविधान जारी हुनु पर्ने, संविधानमा धर्मनिरपेक्षता उल्लेख गर्नुपर्ने लगायतका माग राख्दै तामसालीङ संयुक्त संघर्ष समितिले आज खबरदारी सभाको आयोजना गरेको छ । दिउँसो १ बजे राजधानीको बबरमहलबाट रयाली सहित सुरु भइ संविधान सभा भवन नयाँ बानेश्वर पुगेर सभामा परिणत हुने संघर्ष समितिका सदस्य एवम् नेपाल तामाङ घेदुङका अध्यक्ष कुमार योन्जनले जानकारी दिए ।
संविधानको प्रारम्भिक मस्यौदामा तीव्र असन्तुष्टी जनाउदै आएको समितिले नामंकन र सिमांकन सहितको संविधान जारी हुनु पर्ने, पहिचान सहितको स्वयत्त प्रदेश, संविधानमा धर्मनिरपेक्षता उल्लेख गर्नुपर्ने, समानुपातिक संघिया व्यवस्था, तामसालीङ प्रदेशमा तामाङ भाषालाई कामकाजी भाषाको रुपमा राख्नु पर्ने लगायतका माग राखेका छन् ।
आफूहरुको मागलाई तत्काल सम्बोधन नगरे थप संघर्षमा उत्रिने संघर्ष समितिले जनाएको छ । सभाको पूर्व सभासद पर्शुराम तामाङ, बीरबहादुर तामाङ, हर्कमान तामाङ लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]