संविधान निर्माणमा फेरि भाडभैलो

२०७२ श्रावण १८ गते, सोमबार

काठमाडौं, १८ साउन । प्रदेशको सिमालगायतका विषयमा विवाद भएपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।संवाद समितिको पछिल्लो पटक बसेको बैठकमा जनताले दिएको सुझाव संविधानमा समावेश गर्ने विषयमा विवाद भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।तर सिमांकनसहितको संघीय संविधान जारी गर्ने विषयमा भने दलहरुबीच सैद्धान्तिक सहमति भएको छ । संवाद समितिको बैठक नै अनिश्चितकालका लागि स्थगित भएपछि साउनभित्र संविधान जारी गर्ने दलहरुको योजना भने अन्योलमा परेको छ ।

प्रतिक्रियाहरु

[anycomment]