मुख्य सचिवमा सोमलाल सुवेदी नियुक्त
काठमाण्डौ,२० साउन । आज बिहान बसेको मन्त्रीपरिषदको बैठकले सरकारको मुख्य सचिवमा सोमलाल सुवेदीलाई नियुक्त गरेको छ। सुवेदी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव हुन्। उनलाई स्थानीय विकास विज्ञ पनि मानिन्छन्।
यसैबीच , मुख्यसचिव लीलामणि पौडेलको तीनवर्षे कार्यकाल शुक्रबार सकिँदैछ। अन्य ६ वटा मन्त्रालय तथा निकायमा सचिव पद रिक्त भएपनि आजको मन्त्रिपरिषदको बैठकमा ति पदको बिषयमा भने निर्णय हुन सकेन।