जुम्लामा आन्दोलन कायमै
काठमाडौँ, ३ भदौ । जुम्लामा विगत दुई सातादेखि जारी प्रदर्शन आजपनि यथावत् छ । प्रदेशको सीमांकनलाई लिएर विहीबार पनि सर्वसाधारणले सदरमुकाम खलंगामा प्रदर्शन गरेका छन् । लगातारको प्रदर्शनका कारण जुम्लामा शैक्षिकसंस्था, सरकारी कार्यालय, उद्योग, कलकारखाना ठप्प छन् । बन्दका कारण खलंगामा दैनिक उपभोग्य वस्तु दाल, चामल, नुन, तेल र मोबाइल रिचार्ज कार्डलगायतको अभाव हुन थालेको छ । जिल्लामा बचेका सामाग्रीहरुमासमेत कालोबजारी सुरु भएको छ । सदरमुकाममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।