एमाओवादी पदाधिकारी बैठक बस्दै
काठमाडौ, १९ असोज । आज एमाओवादी पदाधिकारी बैठक बस्दै छ , बैठकले पार्टी छाडेका नेता डा बाबुराम भट्टराईबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा हिजो बसेको पदाधिकारी बैठकले धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
नेता भट्टराईले पार्टीका विरुद्धमा दिएको धारणा बुझ्ने र आज पार्टीका तर्फबाट आधिकारिक धारणा तय गर्ने सचिव बर्षमान पुन अनन्तले जानकारी दिए । त्यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ । बैठकमा संविधान निर्माणको अगुवाई गरेका प्रमुख तीन राजनीतिक दलसहितको राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने विषयमा पनि छलफल हुनेछ । एमाओवादीले मधेसी–थारुका मुद्दा सम्बोधन गर्न पहलकदमी लिने निर्णय पनि गरेको छ । त्यसैगरी भुपरिवेष्ठित मुलुकको पारवहन सुविधा सहज बनाउनका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेको छ ।